बैतडीमा जिप दुर्घटना, चालकसहित ६ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा जिप दुर्घटना, चालकसहित ६ जना घाइते


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका–६ सुई लेकमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१-००१च३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका-७ अठ्पालीकी ४५ वर्षीया हर्कादेवी धामी, २० वर्षीय सचिन धामी ,बुङ्गल नगरपालिका-८ कि ५० वर्षीया मैनादेवी बोहरा, बुङ्गल नगरपालिका–४ कि ४८ वर्षीया लालीदेवी कार्की, ५२ वर्षीय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका–२ का ५५ वर्षीय विष्णु भट्ट रहेका छन्।

घाइतेहरूको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। जिप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस