सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा साताको कारोबारको पाचौँ दिन सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको छ।

तोलामा ७ सयले घटेको छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस