धनुषामा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धनुषामा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु


२९ मंसिर २०७९, बिहिबार


जनकपुरधाम । धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् ।

बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस