फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्ने भएका छन् ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८:४५ बजे सुरु हुनेछ । सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् ।

यस्तै विश्वकप अन्तर्गत नै मोरक्को र क्रोएसियाबीच शनिबार राति तेस्रो स्थानको लागि खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस