मेलमिलाप परिषद्को अध्यक्षमा खतिवडा, दुई न्यायाधीशको पनि सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेलमिलाप परिषद्को अध्यक्षमा खतिवडा, दुई न्यायाधीशको पनि सरुवा


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । न्याय परिषद्ले मेलमिलाप परिषद्को अध्यक्षमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको परिषद् बैठकको निर्णयानुसार खतिवडा नियुक्त भएका हुन्। 

यसैगरी, उक्त दिनको बैठकले राजविराज उच्च अदालतका दुई न्यायाधीशको पनि सरुवा गरेको छ। 

परिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश कुलप्रसाद शर्मालाई उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा गरिएको छ। 

यसैगरी, उच्चका अर्का न्यायाधीश मदन पोखरेललाई परिषदमै काजमा तानिएको प्रवक्ता कार्कीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस