साढे आठ हजार प्रहरी जवानको सरुवा  « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

साढे आठ हजार प्रहरी जवानको सरुवा 


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आठ हजार चार सय ८८ जना जवानको सरुवा गरेको छ। 

केही समय अघि देशभरका जवानहरूलाई रोजाई अनुसार फारम भराइएकोमा बुधवार मुख्यालयले एकै पटक हजारौँ जवानहरूको सरुवा गरेको हो । 

सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाकाबाहेक अन्यत्र सरुवा गरिएको भनिएको छ भने सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस