कर्मचारीको सेवा, सुविधा सकिने जति गरिरहेका छौँ, नसक्ने कुरा गर्न मिल्दैन : महासचिव गौतम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको सेवा, सुविधा सकिने जति गरिरहेका छौँ, नसक्ने कुरा गर्न मिल्दैन : महासचिव गौतम


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले नेपाल निजामती कर्मचारी युनियनले संसद सेवाका बारेमा सधैँ नकारात्मक पक्षहरूको मात्रै उठान गर्नु नहुने बताएका छन् । 

बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव गौतमले संसद सेवाका बारेमा सकारात्मक कुराहरू बिर्सिएर नराम्रा कुराहरुमात्रै उठाउनु नहुने बताएका हुन् । उनले कर्मचारीहरूले धेरै कुराहरू सुधार गरेर जान आवश्यक रहेको भन्दै युनियनले अध्ययन गरेर सेवा सुविधाका बारेमा छलफल बढाउनुपर्ने बताए ।

कर्मचारीहरूको सेवा, सुविधाहरू दिने कुरामा सक्नेजति गरिरहेको भन्दै नसक्ने कुरा गर्न नमिल्ने बताए । महासचिव गौतमले संसदले गरेका राम्रा कामहरूको बारेमा अध्ययन समिति बनाएर हेर्न युनियनलाई आग्रह गरे ।

उनले युनियनले राम्रा कामहरू बिर्सिएर नराम्रा कुराहरू मात्रै लिएर आउन नमिल्ने बताए। संसद सचिवालयले युनियनलाई परिवारको रूपमा हेरेको भन्दै कर्मचारीहरूले रचनात्मक कुरामा ध्यान दिन जरुरी रहेको बताए ।

महासचिव गौतमले महासचिव नरम छ भन्ने सोचेर नरमताको फाइदा नउठाउन चेतावनीसमेत दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस