हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय दलित आयोगले हिजो मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ ।

आयोगले कुनै जातप्रति (चमार)प्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसले गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयर साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गरेको हो ।

‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ’, आयोगले आज बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस