रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट, पेसी पनि तोकियो  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट, पेसी पनि तोकियो 


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाइएको छ ।

रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस