उपसचिव बरालले पाइन संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसचिव बरालले पाइन संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । संघीय संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरिएको छ। १ लाख रुपैयाँ राशिको पुरस्कार बुधबार बराललाई प्रदान गरिएको हो।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम नेतृत्वको पुरस्कार छनोट समितिको सिफारिसमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संघीय संसद व्यवस्थापन समितिले पुरस्कारका लागि छनोट गरेको हो।

बराललाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका हुन्।

संसद सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट संसद सेवा पुरस्कार शाखा अधिकृत बाबुराम बस्याललाई प्रदान गरिएको छ। पुरस्कार राशि ७५ हजार रुपैयाँ छ।

५० हजार रुपैयाँको संसद सेवा पुरस्कार खरिदार चन्द्रप्रसाद ढुङ्गाना र माली चन्द्रबहादुर नगरकोटीलाई प्रदान गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस