देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ। स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरे।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मंसिर १९ मा बुटवलबाट राप्ती उपत्यकामा ल्याएका थिए।

२०७७ असोज २० मा प्रदेशसभाबाट राजधानी र नाम टुङ्गो लागेको थियो। राजधानी कार्यान्वयन भएकोमा राजधानी क्षेत्रमा खुसीयाली छ।

Tags :
प्रतिक्रिया दिनुहोस