संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । घरायसी कामका कारणले राजीनामा दिएको सचिव घिमिरेले बताएका छन् ।

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

घिमिरेले मङ्गलवार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस