कस्तो रहला आजको मौसम ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कस्तो रहला आजको मौसम ?


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ। देशभर आज सामान्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

‘बिहानको समयमा तराईमा केही समय यता हुस्सु र कुहिरो लाग्दै आएको छ । आज पनि हुस्सु र कुहिरो छ,’ मौसमविद् रोजन लामिछाने भन्छन्, ‘तर, घाम लाग्दै गएपछि हुस्सु र कुहिरो पनि हट्दै जानेछ ।’

काठमाडौँमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए ।

नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस