भन्सार जाँच केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाउनेबारे छलफल  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भन्सार जाँच केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाउनेबारे छलफल 


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको  छ । एकीकृत भन्सार जाँच केन्द्रहरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसहितको सहभागीमा उक्त छलफल कार्यक्रम पर्सामा सम्पन्न भएको हो । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, प्रमुख भन्सार प्रशासक नवराज ढुङ्गाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको समेत  सहभागितामा रहेको  जनाइएको छ । 

नेपाल भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाइ गरी राजश्व सङ्कलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्चित गर्ने, राजश्व सङ्कलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाइ गर्ने सम्बन्धमा वृह्‍त छलफल भएको हो। 

सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुन बमोजिम कारवाही गरी राजश्व सङ्कलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।   

Tags :
प्रतिक्रिया दिनुहोस