कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था छैन : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था छैन : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्।

संसद सचिवालयका कर्मचारीहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो। संसद सेवा दिवसको अवसर पारेर मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरूले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए। देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरूलाई सम्बोधन गर्न जोड दिने उनको आश्वासन थियो।

तिमिल्सिनाले सांसदहरूको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए।  

Tags :
प्रतिक्रिया दिनुहोस