सरकारले ल्याएको अध्यादेश अविलम्ब फिर्ता हुनुपर्छ : ज्ञानेन्द्र शाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले ल्याएको अध्यादेश अविलम्ब फिर्ता हुनुपर्छ : ज्ञानेन्द्र शाही


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजनीतिक बन्दीहरूलाई रिहाइ गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् । 

शाहीले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरूलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको पनि उल्लेख गरेका छन् । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताएका हुन् । 

उनले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस