५ महिनामा ३ प्रतिशत मात्रै विकास खर्च « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५ महिनामा ३ प्रतिशत मात्रै विकास खर्च


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्षको झण्डै ५ महिना बितिसक्दा समेत रोल्पामा पुँजीगत खर्च न्यून देखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका अनुसार मंसिर २५ गते सम्म जिल्लामा संघीय सरकारको करिब ३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

सङ्घ तर्फ चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेट जम्मा रु ९० करोड ४४ लाख ५६ हजार रहेकोमा मंसिर २५ गतेसम्म ३ करोड १ लाख ९ हजार ३४४ रुपियाँ खर्च भएको छ ।

सङ्घ अन्तरगत निर्वाचन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थमन्त्रालय, रक्षा मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सञ्चार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतका कार्यालयहरुले शून्य बजेट खर्च गरेका छन्।

निर्वाचन कार्यालयका लागी १ लाख १४ हजार,अर्थमन्त्रालय अन्तरगत ५ लाख, रक्षा मन्त्रालय अन्तरगत २ लाख ८० हजार,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत ६ लाख र सञ्चार सूचना तथा प्रविधि मन्त्रालय अन्तरगत ७ लाख ५० हजार बजेट विनियोजन भएको थियो ।

बजेट खर्च गर्ने संघीय कार्यालयहरूमा रोल्पा जिल्ला अदालतका लागि विनियोजित बजेट २ लाख मध्ये १ लाख १३ हजार ५४०,गृह मन्त्रालय अन्तरगत २ करोड ३ लाख ४ हजार मध्ये १८ लाख ६९ हजार ६०७,भूमि व्यवस्था शहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत १६ लाख ९ हजारमध्ये १ लाख ५२ हजार ३९२ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत ५१ करोड ४७ लाख मध्ये १ करोड ६९ हजार ५०७ रुपैयाँ मात्रै खर्च भएको छ ।

यस्तै प्रदेश तर्फ पुँजीगत शीर्षक अन्तरगत विभिन्न मन्त्रालयवाट विनियोजित बजेट कुल बजेट १ अरब ३२ करोड ३९ लाख ३४ हजार मध्ये ९ करोड ३४ लाख ८० हजार ७०४ रुपैयाँ खर्च भएको छ । यो खर्च कुल विनियोजित बजेटको ७ प्रतिशत मात्रै हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका अनुसार प्रदेश को पुँजीगत तर्फ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,कृषि तथा भूमि व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको खर्च शून्य देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ लाख ५० हजार,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ५५ लाख,कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ८८ लाख र स्वास्थ्य मन्त्रालयले ९ लाख बजेट विनियोजन गरेका छन् ।

बजेट खर्च गर्ने मन्त्रालयहरूमा ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्तरगत २८ करोड १२ लाख विनियोजित बजेट मध्ये १ करोड १७ लाख ९५ हजार १९१ रुपैयाँ खर्च भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत विनियोजित २ करोड १० लाख मध्ये ६३ लाख ५१ हजार १२५,वन तथा वातावरण मन्त्रालय अन्तरगत विनियोजित बजेट ८ करोड ६१ लख २० हजार मध्ये ६८ लाख ६१हजार २७६ खर्च भएको छ ।

यसैगरि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत विनियोजित बजेट ७३ करोड १० लाख ७० हजार मध्ये ६ करोड ३३ लाख ९४ हजार ८५०,पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत विनियोजित बजेट १८ करोड ६१ लख २ हजारमध्ये ४९ लाख ४३ हजार १३ रुपैयाँ र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगत विनियोजित बजेट २९ लाख मध्ये १ लाख ३१ हजार २४९ रुपैयाँ खर्च भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस