सिभिल बैङ्कको मोबाइल बैङ्किङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने सम्झौता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिभिल बैङ्कको मोबाइल बैङ्किङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने सम्झौता


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । सिभिल बैङ्कको मोबाइल बैङ्किङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने बैङ्क लिमिटेड र नेपाल टेलिकमबिच सम्झौता भएको छ।

मङ्गलवार सम्झौता पत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर विष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका हुन्।

सो सम्झौता पत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैङ्कको मोबाइल बैङ्किङ एप मार्फत फन्ड ट्रान्सफर, क्युआर पेमेन्ट लगायत अन्य फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन।

नेपाल राष्ट्र बैङ्कको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैङ्कले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको बैङ्कले जनाएको छ।

सिभिल बैङ्कको साढे चार लाख भन्दा बढी मोबाइल बैङ्किङ एपका प्रयोगकर्ताहरू यस सम्झौता पत्रबाट प्रत्यक्ष लाभान्वित हुने सिभिल बैङ्कका चिफ विजिनेस भोला बहादुर विष्टले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस