चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सामाजिक विषयवस्तुहरूको उठान गरिएको छ । लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको चलचित्रमा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ ।

चलचित्रमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । नवीन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ ।

चलचित्रमा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

हेर्नुस् ट्रेलर:

Tags :
प्रतिक्रिया दिनुहोस