प्रहरीको गाडी दुर्घटना हुँदा इन्स्पेक्टरसहित दुई जना घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रहरीको गाडी दुर्घटना हुँदा इन्स्पेक्टरसहित दुई जना घाइते


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज-ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ । ।

गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा छोड्न आउने क्रममा सवारी दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस