सुनको मूल्य प्रतितोला १ लाख « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य प्रतितोला १ लाख


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख रुपैयाँमा झरेको हो ।

हिजो सुन तोलामा ३ सय रुपैयाँले घटेर १ लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने यथावत् रहेको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो । आज यही मूल्यमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस