भारत र चीनका सैनिकबीच झडप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारत र चीनका सैनिकबीच झडप


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ । यो घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । केही मिडिया रिपोर्टका अनुसार झडप डिसेम्बर ९ अर्थात् गत शुक्रबार भएको थियो ।

भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन् ।  लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो । त्यसबेला २० भारतीय सैनिक मारिएका थिए भने धेरै घाइते भएका थिए ।

द ट्रिब्यून पत्रिकाले यस क्षेत्रमा यसअघि पनि भारत र चीनका सैनिक आमनेसामने हुँदै आएको समाचार प्रकाशित गरेको छ । तर, यस विषयमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस