कुन-कुन दलले सच्याए समानुपातिक सूची ?  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुन-कुन दलले सच्याए समानुपातिक सूची ? 


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपालितकतर्फको सूची सच्याएर निर्वाचन आयोगमा पेस गरेका छन्। 

काँग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम छनोटमा त्रुटि भएको भन्दै आयोगले नाम सच्याउन पत्राचार गरेको थियो। 

यी दललाई नाम सच्याएर पेस गर्न आयोगले आइतबार पत्र काटेर त्रुटि सच्याउने समय सोमबार अपराह्न ४ बजेसम्म निर्धारण गरेको थियो। 

जसपा नेपालले पनि मधेस प्रदेश सभाको समानुपातिक सूची सच्याएर बुझाएको छ। मधेस प्रदेश सभामा समानुपातिकतर्फ जसपाले सात सिट पाएको थियो।

यस्तै, नेकपा एमालेले भने सूची नसच्याई आफूले पहिले नै पठाएको सूचीलाई मान्यता दिन निर्वाचन आयोगलाई जवाफ पठाएको छ।

समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेका अनुसार यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस