कर्मचारीद्वारा गाउँपालिकासहित वडा कार्यालयमा तालाबन्दी, सम्पूर्ण सेवा ठप्प « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीद्वारा गाउँपालिकासहित वडा कार्यालयमा तालाबन्दी, सम्पूर्ण सेवा ठप्प


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । कर्मचारीले बाँकेको डुडुवा गाउँपालिकाका गाउँपालिका र वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन्।

दलहरूको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९/८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि साउनदेखि तलब नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ।

कर्मचारीले गाउँपालिका कार्यालयसहित ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले प्रशासनलाई बताए । उनले भने, ‘पटक-पटक प्रयास गर्दा पनि कार्यपालिकाको बैठक बस्न सकेको छैन, आर्थिक वर्षको साउनदेखि कर्मचारीले तलब खान पाएका छैनन् ।’

उनले प्रशासनलाई बताएअनुसार विद्यालयहरूमा पनि शिक्षकहरूले आंशिक अध्यापन गराएका छन् । केही दिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरूले ऐक्यबद्धता जनाएका छन् । तालाबन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ। 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनै पनि कर्मचारीले खान नपाएको अधिकृत पौडेलले बताए । 

उनका अनुसार भोलि (मङ्गलवार) कार्यपालिकाको बैठक बोलाइएको छ । बैठकको निर्णयअनुसार ताला खुल्ने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस