विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । भ्रष्टाचारका चारवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । घुस तथा रिसवतका चारवटा मुद्दा आयोगले मङ्सिर १९ गते सर्वोच्चमा पुनरावेदन गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

विशेष अदालतले घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय रुपैयाँ बिगो कायम गरी सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले प्रतिवादीलाई सफाइ दिएको आयोगले जनाएको छ । आयोगले प्रतिवादी र निवेदकबीच भएको अडियो कुराकानीसहित घुस रकम रंगेहात बरामदसमेत गरेको जानकारी दिएको छ ।

त्यस्तै, विशेष अदालतले सफाइ दिएको शिवशङ्कर महतोको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ । महतोविरुद्ध १० हजार हजार बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो ।

त्यस्तै, हरिचन्दर ठाकुर र अरुणकुमार यादवविरुद्धको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको आयोगले जानकारी दिएको छ । उनीहरूमाथि १५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो । दुवै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस