अध्यादेश हिजो पनि गलत थियो र आज पनि : प्रदीप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अध्यादेश हिजो पनि गलत थियो र आज पनि : प्रदीप


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन्।

अध्यादेश ल्याउने चलन पुरानै भएको र यस्ता प्रवृतिले फरकपनको आभास नहुने टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेशमार्फत होइन, नवनिर्वाचित संसदमार्फत खोजौँ।’

सरकारले रेशम चौधरीलगायतलाई आममाफी दिन अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ। काँग्रेसकै प्रभावशाली नेताहरू अध्यादेशको विपक्षमा उभिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस