विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन माग


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८औँ दीक्षान्त समारोहमा वितरण गरेको सेमेस्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी सङ्घले सच्याउन माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेस्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा समेत त्रुटि भएको पाइएको जनाएको छ ।

डेभियसन सिस्टमलाई पालना नगरी अङ्क निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको स्पेसलाईजेसन विषयको उल्लेख नगरी सबै भनी उल्लेख गरिएको विद्यार्थीले गुनासो गरेको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सेमेस्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण भएका विद्यार्थीले थप अध्ययन गर्नको लागि आवेदन दिँदा समस्या झेलिरहनु परेकोले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यथाशीघ्र, सहज र निःशुल्क रूपमा त्रुटि सच्याउन नेविसंघले अनुरोध गरेको छ ।

नेविसंघले विद्यार्थीहरूको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तीहरू नगर्न/नदोहोर्‍याउन समेत सचेत गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस