विशेष सुरक्षा चेकिङमा १८ जना विद्यार्थीसहित १ सय ८९ चालक कारबाहीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विशेष सुरक्षा चेकिङमा १८ जना विद्यार्थीसहित १ सय ८९ चालक कारबाहीमा


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । ट्राफिक प्रहरीले आज (सोमबार) बिहान काठमाडौँ उपत्यकामा गरेको ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’मा २ सय ७ जना सवारी चालकलाई कारबाही गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ।

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य १ सय ८९ जना सवारी साधनका चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ।

सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोधसमेत गरे।

Tags :
प्रतिक्रिया दिनुहोस