९२ किलो गाँजासहित ३ आरोपित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

९२ किलो गाँजासहित ३ आरोपित पक्राउ


२६ मंसिर २०७९, सोमबार


घुससहित रंगेहात पक्राउ

सिरहा । सिराहा प्रहरीले जिल्लाको उत्तर वर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् ।

सिराहा प्रहरीका अनुसार उनीहरूले चार वटा प्लास्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए ।

पक्राउ परेकाहरू विरुद्ध प्रहरीले लागू औषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस