सेती नदीमा बगेर एक जनाको ज्यान गयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेती नदीमा बगेर एक जनाको ज्यान गयो


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । डोटीमा सेती नदीमा बगेर एक जनाको ज्यान गएको छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलले जनाइएको छ ।  

भागेश्वर मन्दिर नजिक सेती नदीमा बगेर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बोगटीको शव मन्दिरदेखि झन्डै चार सय मिटरको दुरीमा भेटिएको हो ।

स्थानीयले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोगटी चिप्लिएर नदीमा खस्दा बगेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस