समानुपातिक सांसद नबनाएको भन्दै राप्रपाको कार्यालयमा तालाबन्दी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समानुपातिक सांसद नबनाएको भन्दै राप्रपाको कार्यालयमा तालाबन्दी 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । गण्डकी प्रदेश सभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की र गण्डकीको प्रदेश कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । राप्रपाले प्रत्यक्षतर्फ जित्न नसके पनि गण्डकी प्रदेश सभामा समानुपातिक पद्धतिबाट २ सिट पाएको छ ।

कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । गण्डकीबाट २ जना समानुपातिक सांसद पाउँदा  राप्रपाले पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।

तमु आदिवासी जनजातितर्फ र पहाडी खसआर्य महिलातर्फबाट १ नम्बरमा थिए । तर, कास्कीका कार्यकर्ताले भने मिलाउने ठाउँ हुँदाहुँदै पनि कास्कीलाई बेवास्ता गरिएको बताए । 

कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित ५ जना बन्द सूचीमा थिए । राप्रपाले कास्कीमा १७ हजार ८८२ र प्रदेशमा ५९ हजार ४८३ ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस