७४ वर्षे ज्येष्ठ नागरिकले गरे सामाजिक सुरक्षा भत्ता नलिने घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

७४ वर्षे ज्येष्ठ नागरिकले गरे सामाजिक सुरक्षा भत्ता नलिने घोषणा


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । उदयपुरको कटारी नगरपालिका-११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेसा कृषि कर्म हो । अरूको केही पनि नलिने र नखाने स्वभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आएका वडाध्यक्ष अनन्त हायुले बताए । 

हायुकाअनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने घोषणा गरेका हुन् । सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस