भन्सार महानिर्देशक फेरिए  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भन्सार महानिर्देशक फेरिए 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । सरकारको एक महत्त्वपूर्ण विभागका प्रमुख फेरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको बजेट महाशाखा प्रमुख चक्र बुढालाई भन्सार विभागको महानिर्देशक बनाइ पठाएका हुन् । बुढालाई विभाग खटाएसँगै त्यहाँका तत्कालीन महानिर्देशक कमल भट्टराईलाई मन्त्रालय तानिएको छ । 

बजेट महाशाखाको जिम्मेवारी भने केही दिन अघि मात्रै आन्तरिक राजश्व विभागबाट मन्त्रालय तानिएका रितेश शाक्यलाई दिइएको छ । भट्टराईलाई यसअघि राजेश्वर ज्ञवालीको ठाउँमा पठाइने अर्थ स्रोतले प्रशासनलाई जानकारी दियो । 

पछिल्लो समय विवादै विवादको चाङका बिच गुज्रिरहेको अर्थ मन्त्रालयले निर्वाचन पछि नयाँ सरकार बन्दै गर्दा थप थप विभागीय प्रमुख चलाएको हो । त्यसो त चुनाव नै फेरबदलको योजना बनाइए पनि अनेक हत्कण्डाका बिच सफल हुन नसकेपछि मङ्सिर दोस्रो साता मात्रै आन्तरिक राजश्व विभागको महानिर्देश फेरिएका थिए भने भन्सारको रोकिएको थियो । जाँदाजाँदै मन्त्री शर्माले त्यो पनि पुरा गरेका छन् । 

सम्बन्धित समाचार : आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

राज्यका लागि आवश्यक भन्दा पनि आफू र आफ्नालाई उकास्न खटाउँदा अर्थतन्त्र यो अवस्थामा पुगेको घाम जतिकै छर्लङ्ग छ तर पनि राज्यको उच्च नेतृत्व भने बेधुनको बाँसुरी बनाउन छोडिरहेको छैन । यसबारे थप रिपोर्ट केही बेरमा …

Tags :
प्रतिक्रिया दिनुहोस