गाडिएको अवस्थामा महिलाको शव फेला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गाडिएको अवस्थामा महिलाको शव फेला


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। इन्द्रसरोवर-३ सिस्नेरीमा बस्ने वर्ष ३५ वर्षकी सरस्वती बाइवाको शव फेला परेको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ । 

शनिबार साँझ गाडेको अवस्थामा शव फेला परेको सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

घटनास्थलमा तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले अनुसन्धान गरेको बताइएको छ । 

महिलाको हत्या गरेर गाडिएको हुनसक्ने आशङ्का गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस