महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन् ।  

आज (आइतबार) नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैङ्गिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी हुन् ।  उनले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ-गाउँमा अभियान लिएर जानुपर्ने बताइन् । महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन् ।  

मन्त्री रेग्मीले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताइन् । उनले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिन् । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेरमात्रै नपुग्ने उनको भनाइ छ ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनले उल्लेख गरिन् । महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।  

कार्यक्रममा बोल्दै उहाँले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताइन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस