बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता


२५ मंसिर २०७९, आइतबार


बैतडी । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ ।

तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।

ट्रस्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।

‘खेलाडी उत्पादन गर्न तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस