चार महिनामा मात्रै दुई अर्बको तास आयात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार महिनामा मात्रै दुई अर्बको तास आयात


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासमा नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको विवरणानुसार साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास आयात भएको छ ।

यो अवधिमा चीनबाट दुई अर्ब दुई करोड १० लाख ८३ हजारको तास आयात भएको छ । भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।

त्यसबापत सरकारले दुई करोड ८० लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस