सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन : माधव नेपाल  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन : माधव नेपाल 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिए। तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने उनले स्पष्ट पारेका छन्।

अध्यक्ष नेपालले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ-आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण गराए। उनले भने, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्छ। एकले अर्कालाई दोष दिएर मुलुकअघि बढ्न सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन। सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ।’

अध्यक्ष नेपालले संविधानप्रदत्त अधिकारहरू जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिले सबल ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस