पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा


२५ मंसिर २०७९, आइतबार


दोहा । योसुफ एन-नेसेरीका निर्णायक गोलप्रेरित मोरक्को क्वार्टरफाइनलमा पोर्चुगललाई १-० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।

विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।

अल थुमामा रंगशालामा भएको खेलको ४३औं मिेनटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत एन-नेसेरी उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

मोरक्कोले सेमिफाइनलमा आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस