बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक सुरु


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ।

समानुपातिक सांसदको अन्तिम सूचीमा सहमति नजुटेपछि बालुवाटारमा पदाधिकारी बैठक सुरु भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा बन्दसूचीमा नाम समावेश पदाधिकारीलाई सहभागी गराइएको छैन।

सहमहामन्त्रीहरू जीवन परियार र फरमुल्लाह मन्सुर तथा पार्टी प्रवक्ता प्रकाशशरण महत बैठकमा सहभागी हुन नपाएका हुन्।

दलहरूले आज ४ बजेसम्ममा निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको नामावली बुझाउनुपर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस