सेनाका पूर्व रथी बलदेवराज महत मृत फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेनाका पूर्व रथी बलदेवराज महत मृत फेला


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेपाली सेनाका पूर्व रथी बलदेवराज महत मृत फेला परेका छन्।

शनिबार बिहान करिब ८ बजेतिर उनी काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले जानकारी दिए।

उनी झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए। उनी बिहान झुन्डिएको अवस्थामा फेला परेपछि ह्याम्स अस्पताल लगिएको थियो।

त्यहाँबाट मृत घोषणा भएपछि पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोष्टमर्टम सकेर शव पनि परिवारले बुझिसकेका छन्।

उनको मृत्युको कारण खुलिनसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। प्रहरीले पनि घटनास्थलबाट कुनै नोट फेला पारेको छैन। महतले पाँच वर्षअघि सेनाबाट अवकाश पाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस