सदीक्षाको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सदीक्षाको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको ‘मृत्यु शंकास्पद’ भन्दै छानबिन गर्न माग गरिएको छ । उक्त स्कुलमा ११ कक्षामा अध्ययनरत छात्रा सदीक्षा चौधरी बुधबार मृत अवस्थामा भेटिएकी थिइन् ।

सदीक्षाका परिवारले स्कुलकै विद्यार्थी हत्यामा संलग्न रहेको भन्दै तत्काल कारबाही गर्न माग गरेका छन् । शनिबार उनीहरूले स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गर्दै हत्यामा संलग्नलाई कारबाही गर्न माग गरे । तर, अहिलेसम्म स्कुलले केही बताएका छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस