चर्चित फुटबल पत्रकार ग्रान्ट वाहलको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चर्चित फुटबल पत्रकार ग्रान्ट वाहलको निधन


२४ मंसिर २०७९, शनिबार


दोहा । खेल पत्रकारितामा कलम चलाउँदै आएका एक प्रतिष्ठित अमेरिकी फुटबल पत्रकार ग्रान्ट वाहलको शुक्रबार राति कतारमा निधन भएको छ ।

पत्रकार वाहल दोहामा जारी विश्वकप क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार खेलको अन्तिम मिनेटमा वाहल प्रेस बक्समा थिए । सोही बेला अचानक उनको स्वास्थ्य अवस्था गम्भीर बन्यो । खेल चल्दाचल्दै नै एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

यूए सकरले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको लुसेल रंगशालामा खेल हेर्ने क्रममा शुक्रबार हृदयघातका कारण निधन भएको जनाएको छ । फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:खी भएको यूएस सकरले विज्ञप्तिमा जनाएको छ ।

फक्स स्पोर्ट्स र अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टका सामग्री पछिल्लो समय डिजिटल माध्यम ‘सबस्ट्याक’ मा पढ्न पाइन्थ्यो । उनका ‘द बेकह्याम एक्सपेरिमेन्ट’, ‘मास्टर्स अफ मोडर्न सकर’ र ‘फुटबल २.०’ पुस्तक प्रकाशित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस