जसपाको कार्यकारिणी समितिको​ बैठक सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाको कार्यकारिणी समितिको​ बैठक सुरु


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ । यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ ।

बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस