अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते


२४ मंसिर २०७९, शनिबार


अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका-२ सीतापुरस्थित झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरू फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस