समानुपातिक सांसद छान्‍न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिक सांसद छान्‍न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउन शनिबार बिहान ८ बजे जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए।

जसपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ विजयी भएको छ भने समानुपातिकमा ५ सिट पाएको छ। बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिनेछ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

शनिबार अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने छ। प्रत्येक राजनीतिक दलमा आकांक्षीहरू धेरै भएका कारण समानुपातिक सांसद छान्न सकस भएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि शनिबार बैठक बोलाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस