माओवादी केन्द्रले समानुपातिकको सूची आज टुंग्याउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी केन्द्रले समानुपातिकको सूची आज टुंग्याउने


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा हिजो बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको थियो ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ ।

संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ । निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातितर्फको सूची निर्धारण गर्न समय दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस