अर्घाखाँचीबाट हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

अर्घाखाँचीबाट हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ ।

गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनः स्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

उनका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा युवतीलाई ललाइफकाइ भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका-६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

युवतीको अभिभावकले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनः स्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँदिल्लीमा युवा-युवतीलाई फेला पारिएको थियो ।

भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन समय लागेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस