आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति भण्डारी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति भण्डारी 


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवर्द्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् । 

नेपाल हस्तकला महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवर्द्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गरिन् ।

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस