सिलिन्डर विस्फोट हुँदा पाँच जनाको मृत्यु, ५० घाइते  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिलिन्डर विस्फोट हुँदा पाँच जनाको मृत्यु, ५० घाइते 


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । 

अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार पश्चिमी भारतको राजस्थान राज्यमा सिलिन्डर विस्फोट भएको हो । 

राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।

मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन्। घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरूलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।

अधिकारीहरूका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

विस्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस